Neel Sarswoti Marg, Gairidhara-2 Kathmandu

नेपाल सरकारले आमसञ्चार माध्यमको स्थापना, सञ्चालन र नियमन गर्ने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको सुनिश्चित गरी आमसञ्चार क्षेत्रलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, मर्यादित र व्यावसायिक बनाई लोकतन्त्रको सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्रिय आमसञ्चारसम्बन्धी मस्यौदा विधेयक सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तयार गरी सर्वसाधारणबाट सुझाव समेत सङ्कलन गरिसकेको छ । हाल मन्त्रालयमा विचराधिन रहेको राष्ट्रिय आमसञ्चार विधेयकको (मस्यौदा) ले आमसञ्चार प्राधिकरण, पत्रपत्रिका सम्बन्धी व्यवस्था, अनलाइन सञ्चार माध्यम सम्बन्धी व्यवस्था, प्रेस रजिस्ट्रार सम्बन्धी व्यवस्था गरेको छ । यस विधेयकमा केही सैद्धान्तिक तथा व्यवहारिक समस्याहरू रहेका छन्, जसलाई सम्बोधन गर्न डिजिटल राइट्स नेपालले यो सुझाव पत्र तयार गरेको छ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
