Advocating for Digital Rights and best practices in Nepal

सूचना प्रविधि र साइबर सुरक्षा विधेयक, २०८१ संक्षिप्त विश्लेषण पत्र

Nov 27, 2024

नेपाल सरकारले जारी गरेको सूचना प्रविधि र साइबर सुरक्षा विधेयक, २०८१ मा साइबर सुरक्षा नीति, विद्युतीय अभिलेख र डिजिटल हस्ताक्षर, विद्युतीय माध्यमबाट सार्वजनिक सेवा प्रवाह, संवेदनशील सूचना संरचनाको सुरक्षा, साइबर सुरक्षा सेवा प्रदायकहरूलाई अनुमति र उनीहरूको नियमन लगायतका विषयहरू समावेश छन् । यो विधेयक नेपालको सूचना प्रविधिको विकास र साइवर सुरक्षामा महत्वपूर्ण कोशेढुंगा हुने अपेक्षा गरिएको छ । तथापि यस विधेयकलाई अधिकारमुखी, प्रभावकारी र अन्तर्राष्ट्रिय मान्यता अनुरूपको बनाउन यसमा सुधार आवश्यक छ । विधेयकमा प्रस्तावित प्रावधानहरुले अनलाईन अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको अधिकार, तथ्यांक संरक्षणको अधिकार, सूचनाको अधिकार आदिमा प्रभाव पार्ने सन्दर्भमा डिजिटल राइट्स नेपालले तयार गरेको यस वकालत पत्रले प्रस्तावित प्रावधानहरूले उक्त अधिकारमा कस्तो प्रभाव पार्छ र उक्त प्रावधानहरूमा कसरी सुधार गरिनुपर्छ भन्ने सुझावहरू समेत उल्लेख गरेको छ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Digital Rights Nepal is a not-for-profit initiative dedicated to the protection and promotion of digital rights in Nepal.

Footer Image