Advocating for Digital Rights and best practices in Nepal

मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० वकालत पत्र

Dec 05, 2024

पत्रकारिताको क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जबाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने उद्देश्यले प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनाइएको मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० हाल राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट प्रतिवेदन सहित अगाडि बढाई मिति २०८१ वैशाख ६ गते राष्ट्रिय सभामा प्रस्तुत गरिएको थियो । यस विधेयकले मूलतः स्वायत्त मिडिया काउन्सिलको गठन, आचार संहिता, स्वनियमन र स्वमूल्याङ्कन, प्रेस प्रतिनिधि, क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरेको छ भने अनलाइन पत्रकारितालाई पनि समेटेको छ । यस विधेयकमा केही सैद्धान्तिक तथा व्यवहारिक समस्याहरू रहेका छन् । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Digital Rights Nepal is a not-for-profit initiative dedicated to the protection and promotion of digital rights in Nepal.

Footer Image