Advocating for Digital Rights and best practices in Nepal

आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) नीतिको संक्षिप्त विश्लेषण तथा सुझाव

Mar 02, 2025

नेपाल सरकारले एआई प्रविधिको क्षेत्रगत अनुसन्धान र विकास गर्दै एआईको नैतिक तथा जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एआई नीतिको मस्यौदा सार्वजनिक गरेको छ । यस नीतिले नेपालमा उत्तरदायी, सुरक्षित, र नवप्रवर्तनमैत्री एआई विकासको आधार तयार गर्नेछ भन्ने अपेक्षा गर्दै हामी यस महत्वपुर्ण पहलका लागि सरकारलाई धन्यवाद व्यक्त गर्दछौं । साथै, नीति निर्माण प्रक्रियामा सरोकारवालाहरूलाई सहभागी गराउने र सुझाव प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा प्रशंसा व्यक्त गर्न चाहन्छौं । प्रस्तावित नीतिमा समावेश गरिएका विभिन्न सकारात्मक प्रावधानहरू, जस्तै एआई अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्ने नीति, नैतिक तथा उत्तरदायी एआई विकासलाई प्राथमिकता दिने दृष्टिकोण, र डाटा गोपनीयता तथा संघ, प्रदेश र स्थानीय तह एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय एवम् सहकार्य गर्ने नीतिगत व्यवस्थाहरू स्वागतयोग्य छन् । यस नीतिलाई अझ परिष्कृत, व्यवहारिक, र समावेशी बनाउनका लागि डिजिटल राइट्स नेपाल (Digital Rights Nepal) र एआई एसोसिएसन नेपाल (Al Association Nepal)ले मस्यौदा नीतिको प्रारम्भिक समीक्षा र एआईको क्षेत्रमा कार्यरत सरोकारवालाहरूसँग छलफलका आधारमा निम्नलिखित धारणा तथा सुझाव प्रस्तुत गर्दछौं । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Digital Rights Nepal is a not-for-profit initiative dedicated to the protection and promotion of digital rights in Nepal.

Footer Image