Advocating for Digital Rights and best practices in Nepal

सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विश्लेषण पत्र

सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विश्लेषण पत्र
Aug 17, 2025

सूचना प्रविधिको विकास, प्रवर्द्धन तथा नियमन गर्न, विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्याङ्क वा विवरणको संरक्षण तथा व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण  गर्ने उद्देश्यका साथ सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ जेष्ठ २७ मा प्रतिनिधि सभामा दर्ता भएको थियो। २०८२ साउन २९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीद्वारा प्रस्तुत यस विधेयकमा छलफल पश्चात् ७२ घण्टे संशोधन प्रस्ताव खुल्ला गरिएको छ।  

यस विधेयकमा विद्युतीय स्वरूपका अभिलेखलाई कानुनी मान्यता, डिजिटल हस्ताक्षर, डोमेन नाम दर्ता तथा व्यवस्थापन, सूचना प्रविधि व्यवसाय, डाटा सेन्टर तथा क्लाउड सेवा, सेवा प्रदायकको दायित्व, साइबर सुरक्षा केन्द्रको स्थापना तथा कार्यादेश, संवेदनशील सूचना पूर्वाधार लगायतका विषयहरू समेटिएका छन् भने साइबर अपराध तथा कसुर र सजायका व्यवस्था समेत गरिएको छ

यस सन्दर्भमा, डिजिटल राइट्स नेपालले यस विधेयकमा रहेका समस्याजनक प्रावधानहरूको विश्लेषण गरी सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा सुधार गरिनुपर्ने पक्षहरूलाई सुझावका रूपमा प्रस्तुत गरिएको छ।  विश्लेषण पत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Digital Rights Nepal is a not-for-profit initiative dedicated to the protection and promotion of digital rights in Nepal.

Footer Image